कार्तिक ६, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारी उनकी दुई छोरी र परिवारका
राष्ट्रपति कार्यालयका अन्य ब्यक्तिको जुता चप्पल उठाउन नेपाली सेनाको
प्रयोग गरेको पाईएको छ ।
शनिबार बिहान सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती दर्शनका लागि
राष्ट्रपति भण्डारी दुई छोरी उषा किरण र निशा कुसुमसहित पुग्दा उनीहरुको
जुता चप्पल उठाउन सेनाको प्रयोग गरिएको हो । हेलिकप्टरबाट छोरीहरुसहित
छिन्नमस्ता पुगेकी राष्ट्रपति भण्डारी मन्दिरमा पुजा गर्न गएपछि नेपाली
सेनाका जवानहरुले उनी र उनकी छोरीहरुको जुता चप्पल उठाएर मन्दिरको
निकासद्वारसम्म पुऱ्याएका थिए ।
निकासद्वारको केही टाढा जुता चप्पल राखिएपछि सेनाका एकजना माथिल्लो दर्जाका
अधिकारीको निर्देशनमा पुन: सैनिक जवानले चप्पल जुता उठाएर मन्दिर
निकासद्वारको गेटनजिकै पुऱ्याएका थिए । राष्ट्रपति र उनकी छोरीहरुको जुता
चप्पल सैनिकले उठाउँदा मन्दिर परिसरमा रहेकाहरुले पुरानो राजा संस्कृतिकै
पुनरावृत्ति हुन थालेको आरोप लगाएका थिए ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment