काठमाडौं ९ कार्तिक | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भर्ना गरेका सबै विज्ञहरुलाई आयोगबाट हटाइएको छ भने कार्कीको सचिवालयलाई सम्पूर्णमा रुपमा बन्द गराइएको छ।
कार्कीविरुद्ध संसद्मा महाअभियोग पेस भएपछि आयोगले उनीहरुलाई मंगलबार हटाएको हो। हटाइएका विज्ञमा कानुनी सल्लाहाकार कोमलप्रकाश घिमिरे, भानुभक्त पोखरेल, बालचन्द्र आचार्य, करुणाकर मल्लिक, अनुसन्धान विज्ञ माधब खत्री, भरत शर्मा, गोबद्र्धन श्रेष्ठ, केशव खरेल, भूमिसुधार विज्ञ हुपेन्द्रमणी केसी, अर्थ विज्ञ रामहरि अर्याल, संचार विज्ञ शरद अधिकारी, मेडिकल विशेषज्ञ रहेकी कार्कीकी छोरी आध्या श्री छन्।
मंगलबारबाटै लागु हुने गरी विदाईको निर्णय गरिएको हो । उनीहरुलाई विज्ञका रुपमा कामको प्रकृति अनुरुप एक लाख रुपैयाँसम्म तलब एवम् गाडी सुविधा दिइएको थियो ।
कार्यवहाक प्रमुख आयुक्त दीप बस्न्यातले अख्तियारको नेतृत्व आफूले सम्हालेपछि आयोगले उनीहरुलाई हटाउने निर्णय गरेको हो। उनीहरु कार्यरत रहेको सचिवालय तथा कार्यलय पनि बन्द गराइएको छ। कार्कीले आफूखुसी विभिन्न विज्ञहरु राखेर आकर्षक तलबसुविधा खुवाएका थिए। कार्तिक १७ गतेदेखि लागू हुने गरी विज्ञहरुलाई पदमुक्त गरिएको जानकारी अख्तियारका प्रवक्ता गणेश कार्कीले जानकारी दिए।
सचिवालय बन्द गरिएपछि त्यहाँ रहेका सम्पूर्ण फाइल तथा कागजात पनि आयोगले आफ्नो कब्जामा लिएको छ। निलम्बन परेपछि पनि कार्कीले सचिवालयलाई परिचालन गरेर फाइल हेरिरहेको देखिएपछि आयोगले यस्तो कदम चालेको हो।
प्रवक्ता गणेश कार्कीले भने प्रमुखको रुपमा लोकमानले प्रयोग गर्ने सचिवालयबाट अहिले कुनै कामकारबाही नभएको बताए।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment