देउवा दिल्ली गएर आएपछि मात्रै काङ्ग्रेसले महाअभियोग बारे निर्णय गर्ने




काठमाडौं, ९ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्धको संसदमा प्रस्तुत महाभियोगबारे आफ्नो पार्टीले कस्तो भूमिका खेल्ने भन्ने निर्णय लिन नसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १९ भारत जाने तयारीमा छन् । कार्कीले संसदको महाभियोग समितिमा पेश गर्ने जवाफ सुनेर मात्रै निर्णय लिने वताएको कांग्रेसका सभापति देउवालाई भारत भ्रमणअगाडि महाभियोगबारे निर्णय नलिन दवाव परेपछि उनको भ्रमण १९ कात्तिकका लागि तोकिएको हो ।
देउवा निकट स्रोतका स्रोतका अनुसार भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्नेछन् । नेपालको सत्ता राजनीतिमा दलका नेताहरुलाई धम्क्याएर यता वा उता पार्न भारतले प्रयोग गर्ने पात्रका रुपमा चित्रित कार्कीलाई जोगाउन पछिल्लो पटक भारतीय संस्थापन खुलेरै लागेको छ । ब्यापक जनदवावका बाबजुद कांग्रेसले महाभियोगको पक्षमा निर्णय लिन सकेको छैन । जनदवावकै कारण खुलेरै कार्कीको पक्ष लिन सक्ने अवस्था पनि नभएपछि सत्ता समीकरणमा असर पार्ने लगायतका कारण देखाउँदै कांग्रेसले निर्णयमा ढिलाइ गर्दै आएको छ ।
महाभियोग प्रकरणमा अनिर्णित तथा संसदको सबैभन्दा ठूलो पार्टीका सभापति देउवालाई लोकमानबारे निर्णय लिनु अगावै भारत निम्त्याएर महत्वपूर्ण भेटघाट तय गरिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
त्यसैले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) निकट रहेको थिङ ट्यांक ‘इन्डिया फाउण्डेसन’ले देउवालाई गोवामा निम्त्याएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलका छोरा सौर्य डोभल कार्यकारी निर्देशक रहेको फाउण्डेशनले देउवालाई निम्त्याएको हो । गोवाको कार्यक्रम सकेर देउवा सोही दिन दिल्ली फर्किने छन् । देउवाले २० र २१ गते दिल्लीमा राजनीतिक भेटघाट गर्ने स्रोतले बतायो ।


देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने तालिका रहेको भए पनि भेट निश्चित भइसकेको छैन । उनले भाजपा अध्यक्ष अमित शाह तथा महासचिव राम माधवलाई भेट्ने छन् । देउवाको दिल्ली भेटघाटपछि मात्रै लोकमान बिरुद्धको महाभियोग प्रकरणमा निर्णय लिन कांग्रेसलाई दवाव छ । उपप्रधानमन्त्री बिमलेन्द्र निधि लगायत भारतीय विश्वासपात्र ठानिएका कांग्रेस नेताहरुले महाभियोगको विपक्षमा उभिन देउवालाई दवाव दिंदै आएका छन् । ठूलो जनदवावका कारण देउवाले कार्कीको पक्षमा निर्णय पनि लिन सकेका छैनन् ।
Share on Google Plus

About Apply for Visa

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment