अख्तियारका निलम्बित प्रमुख आयुक्त
लोकमानसिंह कार्कीलाई महाअभियोग लगाईसकेपछि यस मुद्दाले नेपालको राजनीति
तरंगित भईरहेको छ । कार्कीको कार्यकाल अब साढे २ वर्षमात्रै बाँकी रहँदा
उनीमाथि गम्भीर आरोप लगाउँदै उनका विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरियो ।
कार्कीमाथि किन महाअभियोग लगाईयो त भन्ने
रहस्य यतिखेर फेला परेको छ । हुन त कार्कीले यसअघि सार्वजनिक रुपमै आफ्नो
कार्यकालमा ठूला माछालाई जसरी भएपनि समात्ने घोषणा गरेका थिए । ठूला
माछालाई समात्ने अन्तिम तयारी गरिरहँदा कार्कीमाथि महाअभियोग लागेको रहस्य
खुलेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
प्रमुख भएर आएपछि कार्कीले भ्रष्टाचार गर्दै आएका सुब्बा, खरदार र शाखा
अधिकृत तहका कर्मचारीहरुलाई झ्याप झ्याप समातेका थिए । तल्ला तहका
कर्मचारीहरुलाई एक पछि अर्को गरी समाति रहँदा उनको निकै प्रशंसा भएको थियो ।
केहीले त अख्तियारले सानालाई मात्रै समात्यो भनेर आरोप लगाए । ठूला
मान्छेलाई पनि समात्नु पर्यो भनेर अख्तियार प्रमुख कार्कीलाई चुनौति दिईरहे
।
जब ठूला भन्ने मान्छेहरुलाई आवश्यक
अनुसन्धान गरी कारवाही गर्ने तयारी भईरहेको थियो तब कार्कीलाई नै महाअभियोग
लाग्यो । एमाले, कांग्रेस र माओवादीका गरी करिब सयको हाराहारीमा रहेका
नेताहरुमाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारले
अनुसन्धान गरिरहेको तथ्य पत्ता लागेको छ ।
तीन ठूला दलका शीर्ष नेताहरु समेत भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएको फाईल अख्तियारले सुरक्षित राखेको छ । त्यस्ता फाईल आवश्यक परे जति बेला पनि सार्वजनिक हुन सक्ने स्रोतले बतायो । नेताहरु मात्रै होईनन् भ्रष्टाचारमा केही व्यापारीहरु समेत संलग्न रहेको तथ्य फेला परेको छ ।कांग्रेसका २१ जना नेता, एमालेका तीन दर्जन र माओवादीका दर्जन भन्दा बढी नेताहरुले भ्रष्टाचार गरेको फाईल अख्तियारसँग रहेको गोप्य स्रोतले टिभी अन्नपूर्णलाई जानकारी दिएको छ । जुन फाइल नष्ट गर्नका लागी तीनअाेटै दलका शिर्ष नेतृत्वले अख्तियारका कार्यवाहक प्रमुखलाइ निरन्तर दबाव दिइरहेकाे स्रोतकाे दाबी छ ।
स्रोतका अनुसार, एनसेल कम्पनीका सेयर होल्डर सचिनलाल श्रेष्ठ आचार्य, सतिशलाल श्रेष्ठ आचार्य, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, व्यवसायी दीपक भट्ट, लिटिल एन्जल्स स्कुलका सञ्चालक एवं साँसद उमेश श्रेष्ठ र म्यानपावर व्यवसायी तथा कांग्रेस नेता टेकबहादुर गुरुङ समेत भ्रष्टाचार गरेको सूचीमा छन् ।
एनसेलका सचिनलाल र सतिशलाल दाजुभाई हुन् । यति एयरलाईन्सका शेर्पा र दीपक भट्टले एमालेका नेताहरुसँग मिलेर कार्कीलाई हटाउन ठूलै रकम खर्च गरिरहेको स्रोतको भनाई छ । दीपक भट्ट सोलु करिडोर आयोजनाका ठेकेदार हुन् । अख्तियारले सोलु करिडोर आयोजनामा व्यापक अनियमितता भएको भन्दै कारवाही अगाडि बढाएपछि भट्ट कार्कीसँग रुष्ट थिए । त्यस्तै सेनामा रासन ठेक्कामा लगाउने र हतियार सप्लाई गर्ने व्यक्ति हुन् भट्ट ।
त्यस्तै नेपाली कांग्रेसका सभापति
शेरबहादुर देउवा निकट मानिने सांसद तथा लिटिल एन्जल्सका मालिक उमेश
श्रेष्ठमाथि करिब ९० करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा रहेको स्रोतले
बताएको छ ।
त्यसैगरी पूर्व श्रम राज्यमन्त्री एवं
सांसद टेकबहादुर गुरुङले ६० करोड अकुत सम्पत्ति जोडेको फाईल अख्तियारमा छ ।
श्रेष्ठ र गुरुङ देउवाका विश्वासिला मान्छे हुन् । कार्कीलाई हटाउन
श्रेष्ठ र गुरुङ जोडबलले लागिपरेका छन् । श्रेष्ठमाथि गरिएको अनुसन्धान
पुरा भई उनलाई भ्रष्टाचारको मुद्दा हाल्ने अन्तिम तयारी अवस्थामा अख्तियार
रहेको छ ।
त्यस्तै कांग्रेसका अर्का नेता एवं सांसद
बहादुरसिंह लामाले करिब ८ करोड हिनामिना गरेको फाईल अख्तियारमा सुरक्षित छ ।
उता सुडान घोटला काण्डमा मुछिएका कांग्रेसका पूर्व गृहमन्त्री एवं नेता
कृष्ण सिटौलाले ६५ करोड रकम हिनामिना गरेको फाईल अख्तियारमा छ ।
कांग्रेसका नेताहरु भन्दा पनि बढी एमालेका
नेताहरु भ्रष्टाचार काण्डमा मुछिएको फाईल अख्तियारमा रहेको गोप्य स्रोतले
टिभी अन्नपूर्णलाई जानकारी दिएको छ । एमाले नेताहरु वामदेव गौतम, सुवास
नेम्वाङ, पूर्व कानुन मन्त्री अग्नि खरेल, राजेन्द्र पाण्डे, सुरेन्द्र
पाण्डे, राज्यलक्ष्मी गोल्छासँगै केपी शर्मा ओली विरुद्ध पनि मुद्दा
अख्तियारमा रहेको स्रोतको भनाई छ ।
एमाले कोटाबाट सांसद हुनुभएकी गोल्छाले
आफूले पार्टीका लागि ७ करोड चन्दा दिएको यसअघि नै घोषणा गर्नुभएको थियो ।
त्यो ७ करोड रुपैंया विभिन्न च्यानल हुँदै केपी ओली कहाँ पुगेको थियो ।
त्यो ७ करोड के कसरी आएको र कुन कुन नेताले लिएको भन्ने विषयमा विभिन्न
नेताहरुमाथि अनुसन्धान भईरहेको फाईल अख्तियारमा सुरक्षित रहेको छ ।
भ्रष्टाचारको मुद्दामा अधिकांश माओवादी नेताहरु समेत संलग्न रहेको भेटिएको छ । माओवादी
लडाकु सेनाको नाममा भएको रकम हिनामिनाको विषयमा अहिलेका प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्ड लगायत उर्जा मन्त्री जनार्दन शर्मा, उपराष्ट्रपति
नन्दबहादुर पुन र पूर्व गृह मन्त्री शक्ति बस्नेत लगायतका नेताहरु मुछिएका
छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको बारेमा
अनुसन्धान गर्न एकजना अनुसन्धान अधिकृत नै तोकिसकिएको गोप्य स्रोतले
जानकारी दिएको छ ।
लोकमानसिंह कार्कीसँग सबभन्दा बढी रुष्ट
एमाले नेताहरु रहेको बुझिएको छ । अख्तियारमा करिब ८० प्रतिशत कर्मचारीहरु
एमाले निकटका थिए । जब कार्की आए त्यसपछि उनले कटौती गर्दै त्यो संख्या तीस
प्रतिशतमा झारेको एक कर्मचारीले बताए ।
कार्कीले कांग्रेस, एमाले र माओवादी तीनै
दलका नेताहरु माथि अनुसन्धान कारवाही अघि बढाउने तयारी गरिरहेकाले उनी माथि
महाअभियोग लगाउने खेल सुरु भएको बताईन्छ । स्रोतका अनुसार कार्कीले २४
हजार व्यक्तिलाई पत्र काटेर अनुसन्धान प्रक्रिया अघि बढाईरहेका थिए ।
अनुसन्धान कारवाही प्रक्रियामा रहेका केही नेताहरु:
१) केपी शर्मा ओली, अध्यक्ष, एमाले
२) वामदेव गौतम, उपाध्यक्ष, एमाले (पूर्व उपप्रधान तथा गृहमन्त्री)
३) सुवास नेम्वाङ, पूर्व सभामुख एवं नेता, एमाले
४) सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री एवं नेता एमाले
५) राजेन्द्र पाण्डे, पूर्व स्थानीय विकास मन्त्री एवं नेता एमाले
६) अग्नि खरेल, पूर्व कानुन मन्त्री एवं नेता एमाले
७) राज्यलक्ष्मी गोल्छा, सांसद, एमाले
८) पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं अध्यक्ष माओवादी केन्द्र
९) जनार्दन शर्मा, उर्जा मन्त्री एवं नेता, माओवादी
१०) नन्दबहादुर पुन, उपराष्ट्रपति
११) शक्ति बस्नेत, पूर्व गृहमन्त्री एवं नेता माओवादी
१२) कृष्ण सिटौला, पूर्व गृहमन्त्री एवं नेता, कांग्रेस
१३) उमेश श्रेष्ठ, सांसद, नेता, नेपाली कांग्रेस
१४) टेकबहादुर गुरुङ, सांसद एवं पूर्व श्रम राज्यमन्त्री, नेता नेपाली कांग्रेस
१५) बहादुरसिंह लामा, सांसद एवं नेता, नेपाली कांग्रेस
१६) आङछिरिङ शेर्पा, अध्यक्ष यति एयरलाईन्स
१७) दीपक भट्ट, ठेकेदार एवं व्यवसायी
१८) सचिनलाल श्रेष्ठ आचार्य, सेयरहोल्डर, एनसेल
१९) सतिशलाल श्रेष्ठ आचार्य, सेयर होल्डर, एनसेल
१) केपी शर्मा ओली, अध्यक्ष, एमाले
२) वामदेव गौतम, उपाध्यक्ष, एमाले (पूर्व उपप्रधान तथा गृहमन्त्री)
३) सुवास नेम्वाङ, पूर्व सभामुख एवं नेता, एमाले
४) सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री एवं नेता एमाले
५) राजेन्द्र पाण्डे, पूर्व स्थानीय विकास मन्त्री एवं नेता एमाले
६) अग्नि खरेल, पूर्व कानुन मन्त्री एवं नेता एमाले
७) राज्यलक्ष्मी गोल्छा, सांसद, एमाले
८) पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं अध्यक्ष माओवादी केन्द्र
९) जनार्दन शर्मा, उर्जा मन्त्री एवं नेता, माओवादी
१०) नन्दबहादुर पुन, उपराष्ट्रपति
११) शक्ति बस्नेत, पूर्व गृहमन्त्री एवं नेता माओवादी
१२) कृष्ण सिटौला, पूर्व गृहमन्त्री एवं नेता, कांग्रेस
१३) उमेश श्रेष्ठ, सांसद, नेता, नेपाली कांग्रेस
१४) टेकबहादुर गुरुङ, सांसद एवं पूर्व श्रम राज्यमन्त्री, नेता नेपाली कांग्रेस
१५) बहादुरसिंह लामा, सांसद एवं नेता, नेपाली कांग्रेस
१६) आङछिरिङ शेर्पा, अध्यक्ष यति एयरलाईन्स
१७) दीपक भट्ट, ठेकेदार एवं व्यवसायी
१८) सचिनलाल श्रेष्ठ आचार्य, सेयरहोल्डर, एनसेल
१९) सतिशलाल श्रेष्ठ आचार्य, सेयर होल्डर, एनसेल
0 comments:
Post a Comment